काठमाडौं । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूमा कुल सक्रिय जीवन बीमा लेखको संख्या एक करोड १४ लाख ५५ हजार दुई सय ३५ पुगेको छ । योसँगै जीवन बीमा कम्पनीहरूको कुल जीवन बीमाशुल्क आर्जन गत पुससम्म ९४ अर्ब ३७ करोड ९७ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीमा चालू आवको सो अवधिसम्म ५८ हजार पाँच सय ७६ कुल सक्रिय जीवन लेखको संख्या पुग्दा कुल बीमाशुल्क आर्जन रकम छ अर्ब ३३ करोड २७ लाख चार हजार रुपैयाँ पुगेको छ । यस अवधिमा नेसनल लाइफ इन्स्योरेन्समा कुल सक्रिय जीवन बीमालेखको संख्या १३ लाख ४२ हजार छ सय ४५ पुग्दा कुल बीमाशुल्क आर्जन रकम ११ अर्ब ३७ करोड ३१ लाख २५ हजार रुपैयाँ पुगेको छ ।
त्यसैगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा पनि चालू आवको पुस मसान्तसम्ममा १७ लाख ४५ हजार नौ सय ३३ सक्रिय जीवन बीमालेखको संख्या पुग्दा कुल बीमाशुल्क आर्जन रकम २५ अर्ब ५१ करोड ३१ लाख १२ हजार रुपैयाँ पुगेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडलमा पनि चालू आवको पुस मसान्तसम्ममा कुल सक्रिय जीवन बीमालेखको संख्या छ लाख ९४ हजार तीन सय ४९ पुग्दा कुल बीमाशुल्क आर्जन रकम १० अर्ब २२ करोड ५३ लाख २४ हजार रुपैयाँ पुगेको छ ।
मेटलाइफ इन्स्योरेन्स कम्पनीमा पनि पछिल्लो अवधिमा कुल सक्रिय जीवन बीमालेखको संख्या छ लाख ९७ हजार तीन सय ७६ पुग्दा कुल बीमाशुल्क आर्जन रकम तीन अर्ब २४ करोड २१ लाख पाँच हजार रुपैयाँ पुगेको छ । एसियन लाइफमा पछिल्लो अवधिमा कुल सक्रिय जीवन बीमालेखको संख्या पाँच लाख ७२ हजार चार सय १५ पुग्दा कुल बीमाशुल्क आर्जन रकम चार अर्ब ६४ करोड दुई लाख ७३ हजार रुपैयाँ पुगेको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा भने पछिल्लो अवधिमा कुल सक्रिय जीवन बीमालेखको संख्या पाँच लाख ६२ हजार चार सय ८१ पुग्दा कुल बीमाशुल्क आर्जन रकम तीन अर्ब १८ करोड ९८ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।
प्राधिकरणका अनुसार चालू आवको पुस मसान्तसम्ममा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पनि दुई लाख ९२ हजार दुई सय सातवटा कुल सक्रिय जीवन बीमालेखको संख्या पुग्दा कुल बीमाशुल्क आर्जन रकम दुई अर्ब ११ करोड ३९ लाख ६८ हजार रुपैयाँ पुगेको छ । रिलायवल नेपाल लाइफमा पनि पछिल्लो अवधिमा २४ लाख ३१ हजार आठ सय ५६ वटा कुल सक्रिय जीवन बीमालेख रहेकोमा कुल बीमाशुल्क आर्जन रकम दुई अर्ब ९८ करोड ४४ लाख सात हजार रुपैयाँ पुगेको छ ।
सिटिजन लाइफमा पनि चालू आवको पुस मसान्तसम्ममा कुल सक्रिय जीवन बीमालेखको संख्या सात लाख ७१ हजार एक सय १७ रहेकोमा कुल बीमाशुल्क आर्जन रकम चार अर्ब चार करोड ११ लाख ४९ हजार रुपैयाँ पुगेको छ । सूर्यज्योति लाइफमा पनि चालू आवको पुस मसान्तसम्ममा छ लाख ३९ हजार आठ सय १० रुपैयाँ कुल सक्रिय जीवन बीमालेखको संख्या पुग्दा कुल बीमाशुल्क आर्जन रकम पाँच अर्ब ६६ करोड ६५ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।
सानिमा लाइफमा पनि पछिल्लो समय कुल सक्रिय जीवन बीमालेखको संख्या चार लाख ४६ हजार ८७ पुग्दा कुल बीमाशुल्क आर्जन रकम तीन अर्ब ६३ करोड ८२ लाख रुपैयाँ पुगेको छ । हिमालयन लाइफमा पनि पछिल्लो अवधिमा चार लाख २० हजार तीन सय ६६ कुल सक्रिय जीवन बीमालेखको संख्या पुग्दा कुल बीमाशुल्क आर्जन रकम आठ अर्ब ६२ करोड २० लाख ३३ हजार रुपैयाँ पुगेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा पनि चालू आवको पछिल्लो अवधिमा दुई लाख ५३ हजार ४७ वटा कुल सक्रिय जीवन बीमालेखको संख्या पुग्दा कुल बीमाशुल्क आर्जन रकम दुई अर्ब ७९ करोड ६८ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।