काठमाडौं । पोखरा फाइनान्सले चालु आर्थिक वर्षको पछिल्लो छ महिना अर्थात् दोस्रो त्रैमासिक अवधिमा २३ करोड ३८ लाख २८ हजार चार सय ४० रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा निकै बढी हो । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा ६३ करोड ७९ लाख ६४ हजार तीन सय २८ रुपैयाँले ऋणात्मक रहेको थियो ।
फाइनान्सको चुक्ता पुँजी हाल एक अर्ब आठ करोड २५ लाख ५६ हजार छ सय पाँच रुपैयाँ रहेको छ । फाइनान्सले चालु आवको दोस्रो त्रैमासमा सात अर्ब ३८ करोड ९० लाख ७१ हजार ७८ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३३ करोड ७५ लाख ४१ हजार एक सय ७२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड ७३ लाख ७४ हजार ६१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा २५ दशमलव १० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा फाइनान्सले सात अर्ब १२ करोड ९२ लाख ७० हजार पाँच सय ९६ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ९९ करोड १२ हजार चार सय ३५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ३० लाख ८० हजार छ सय ५३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा ३३ दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।