काठमाडौँ । सालपा विकास बैंकको खुद नाफा ऋणात्मक देखिएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड चार लाख एक हजार दुई सय तीन रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा पनि बैंकको यस्तो नाफा १३ लाख ९२ हजार नौ सय ७७ रुपैयाँले ऋणात्मक रहेको थियो ।
बैंकको चुक्ता पुँजी हाल ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ रहेको छ । बैंकले चालु आवको दोस्रो त्रैमासमा एक अर्ब ५३ करोड १९ लाख ६८ हजार ९२ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १४ करोड २९ लाख ४१ हजार तीन सय ९६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई करोड ८१ लाख ५० हजार चार सय ८४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक अर्ब ३८ करोड १६ लाख ७२ हजार आठ सय १७ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब नौ करोड ६२ लाख ३७ हजार २९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ६५ लाख ७५ हजार आठ सय तीन रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा पाँच दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।