काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १२ करोड ७४ लाख ९५ हजार पाँच सय ५७ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा आठ करोड ८० लाख एक हजार २८ रुपैयाँ रहेको थियो ।
संस्थाको हाल चुक्ता पुँजी ७८ करोड ३९ लाख २४ हजार चार सय तीन रुपैयाँ रहेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासमा चार अर्ब ९७ करोड ८१ लाख ६४ हजार रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ८३ करोड ३१ लाख ७९ हजार दुई सय ७० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३४ करोड ८९ लाख २४ हजार सात सय ८८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा सात दशमलव ५५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले चार अर्ब ४९ करोड ७३ लाख ३० हजार चार सय ७० रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब २६ करोड ७६ लाख ७० हजार आठ सय ३४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २७ करोड ५१ लाख ७६ हजार पाँच सय ५० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव शून्य पाँच प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।