काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा पाँच करोड ९७ लाख ८४ हजार २८ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाले तीन करोड २६ लाख ५४ हजार सात सय १८ रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको हाल चुक्ता पुँजी ३६ करोड ७१ लाख ४३ हजार चार सय नौ रुपैयाँ रहेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासमा दुई अर्ब १२ करोड ९७ लाख एक हजार दुई सय ३३ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८९ करोड चार लाख सात हजार दुई सय ५३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २१ करोड ९२ लाख एक हजार चार सय ५३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले एक अर्ब ८९ करोड ४९ लाख दुई सय ८१ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २६ करोड ६५ लाख ७१ हजार ९१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १६ करोड १७ लाख ४४ हजार सात सय ३० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।