काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा पाँच करोड ६५ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ५६ लाख ८३ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।
संस्थाको हाल चुक्ता पुँजी ६८ करोड पाँच लाख चार हजार एक सय १४ रुपैयाँ रहेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासमा एक अर्ब ६९ करोड ३० लाख ३१ हजार एक सय ५० रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब तीन करोड ७२ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २२ करोड ३९ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १३ दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले एक अर्ब ६० करोड १८ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४९ करोड ६६ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ३८ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा सात दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।