काठमाडौं । चुनाव नजिकिए संगै शेयर बजारमा भने उल्टो गति सुरु भएको छ । चुनावको यसअघि लगातार बढ्दै आएको शेयर बजार यसपालीको चुनावमा भने ओरालोगतिमा देखिएको छ । यही फागुन २१ गतेको चुनावी मिती नजिकिंदै गर्दा साताको पहिलो कारोबार दिन आज आईतबार शेयर बजार परिसुचक नेप्से २७ दशमलव ५९ अंकले ओरालो लागेर २६ सय १४ दशमलव ५५ बिन्दुमा खुम्चिएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २७ अंकले ओरालो लागेर चार सय ४९ दशमलव ३९ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय २४ वटा कम्पनीहरुको ७२ हजार एक सय चार पटकको कारोबारमा एक करोड ५९ लाख ८९ हजार चार सय ३० कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कुल कारोबार रकम छ अर्ब ६९ करोड ९७ लाख २१ हजार दुई सय चार रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लाग्दा शेयर बजार पुरै राताम्मै भएको छ ।