म्याग्दीको धौलागिरी गाउँपालिका–७ ताकमस्थित ताकम सामुदायिक वनबाट भरूवा बन्दुक १ थान आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी मुनाताकमबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । प्युठानको मल्लरानी गाउँपालिका–३ लिखेपानीस्थित सडक छेउबाट भरूवा बन्दुक १ थान आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।