काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सोमबार शोक विज्ञप्ति जारी गरी धादिङ दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस आज बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडा भन्ने ठाउँबाट त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु र २७ जना घाइते भएको दुर्घटनाप्रति सभापत थापाले दुःख व्यक्त गरेका हुन् ।
मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सभापति थापाले मृतकको आत्माको चिर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । उनले घाइतेको उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग आग्रह पनि गरेका छन् ।