काठमाडौं । कजारिया रमेश टाइल्स लिमिटेडले भक्तपुरमा आफ्नो नयाँ सोरूम सञ्चालनमा ल्याएको छ । उक्त सोरूम पीएनएस ट्रेडर्स एन्ड सप्लायर्सद्वारा सञ्चालन गरिएको हो ।
सोरुमले भक्तपुर तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई उच्चस्तरीय टाइल्स समाधान उपलब्ध गराउने कम्पनीले जनाएको छ । सोरुम उद्घाटन कार्यक्रममा मिस वल्र्ड नेपाल २०२४, आश्मा केसीलगायत स्थानीय तथा उद्योगी व्यवसायीको सहभागिता थियो । कम्पनीका अनुसार नयाँ सोरूममा कजारियाका प्रिमियम टाइलहरूको विस्तृत दायरा प्रदर्शित गरिएको छ । कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ । हाल कजारियाले नेपालभर एक सयभन्दा बढी सोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको जनाएको छ ।