काठमाडौं । शेयर बजारमा सामान्य अंकले करेक्सन देखिएको छ । अघिल्लो दिन २७ दशमलव ५९ अंकले खुम्चिएको शेयर बजार परिसुचक नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार दुई दशमलव ४१ अंकले उकालो लागेर २६ सय १६ दशमलव ९७ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३६ अंकले उकालो लागेर चार सय ५१ दशमलव शुन्य पाँच बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय २९ वटा कम्पनीहरुको ५६ हजार तीन सय ४७ पटकको कारोबारमा एक करोड २६ लाख २१ हजार एक सय ८८ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम पाँच अर्ब १३ करोड ८६ लाख ४९ हजार नौं सय ४६ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, लगानी र अन्य उपसमुहको सुचक उकालो लागेका छन् भने जलबिद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् ।