तुलसीपुर (दाङ) । दाङमा लु २ ख ३२७७ नम्बरको बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । लमहीदेखि घोराहीतर्फ आउँदै गरेको बस सोमबार दुर्घटना हुँदा चार पुरुष र तीन महिला घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले दाङ घोराही उपमहानगरपालिका–३ चिसापानी मसोट नजिक बस दुर्घटना भएको बताए । उनका अनुसार घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।