काठमाडौं । सेयर बजारमा सुरक्षित लगानी गरी उच्च नाफा कमाउन चाहने लगानीकर्ताका लागि गरिमा क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फन्ड योजना सार्वजनिक गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरिमा विकास बैंकको सहायक कम्पनीले खुलामुखी म्युचुअल फन्ड योजना ‘गरिमा सुवर्ण योजना’ बजारमा ल्याएको हो ।
एक अर्ब रुपैयाँ कुल आकारको यस योजनामा प्रति एकाइ १० रुपैयाँका दरले न्यूनतम १ हजार रुपैयाँदेखि नै लगानी सुरु गर्न सकिन्छ । ‘७ वर्षमा लगानीलाई दोब्बरभन्दा बढी बनाउने लक्ष्यका साथ आएको यस योजनाले साधारण जनतालाई पनि आर्थिक समृद्धिको बाटोमा लैजाने हाम्रो विश्वास छ ।’, गरिमा क्यापिटलले भनेको छ ।
किन गर्ने त लगानी ?
१. उच्च प्रतिफलको लक्ष्य : गरिमा क्यापिटलका अनुसार यस योजनाले आगामी ७ वर्षमा औसत १९.१३ प्रतिशत वार्षिक प्रतिफल दिने प्रक्षेपण गरेको छ ।
२. व्यावसायिक व्यवस्थापन : कुन सेयर किन्ने वा बेच्ने भन्ने प्राविधिक ज्ञान नभएका लगानीकर्ताका लागि अनुभवी फन्ड म्यानेजरहरूले लगानी परिचालन गर्नेछन् ।
३. जोखिमको विविधीकरण : संकलित रकमलाई सेयर, ऋणपत्र, सरकारी ट्रेजरी बिल र मुद्दती निक्षेपमा बाँडेर लगानी गरिने हुनाले जोखिम न्यून हुन्छ ।
४. जतिबेला पनि खरिद–बिक्री : खुलामुखी योजना भएकाले लगानीकर्ताले निश्चित अवधि कुर्नुपर्ने झन्झट हुँदैन । आफूलाई पैसा चाहिएको बेला प्रचलित खुद सम्पत्ति मूल्यमा एकाइहरू बिक्री गर्न सकिन्छ ।
५. सस्तो लगानी : मात्र एक हजार रुपैयाँबाट लगानी सुरु गर्न सकिने भएकाले विद्यार्थी, गृहिणी र साना बचतकर्ताका लागि यो सुनौलो अवसर हो ।
६. विश्वसनीयता : गरिमा विकास बैंक प्रवर्द्धक रहेको र इक्रा नेपालबाट राम्रो रेटिङ प्राप्त गरेकाले यसको व्यवस्थापन पक्ष बलियो छ ।
७. पारदर्शिता र नियमन : धितोपत्र बोर्डको प्रत्यक्ष रेखदेख र नियमनमा रहने हुँदा लगानीकर्ताको रकम पूर्ण सुरक्षित रहन्छ ।
कहाँ गरिन्छ लगानी ?
यस योजनाले संकलित रकमको ७८ प्रतिशत हिस्सा सेयर बजारमा लगानी गर्ने रणनीति लिएको छ । जसमा दीर्घकालीन लगानीमा ४५ प्रतिशत र ट्रेडिङमा ३० प्रतिशत परिचालन गरिने छ । बाँकी रकम ऋणपत्र (१२ प्रतिशत) र बैंक निक्षेप (१० प्रतिशत) मा राखिने छ ।