काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेड र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो हस्पिटल), नयाँ दिल्ली, भारतबीच यस बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत राजेश रावल र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका तर्फबाट प्रबन्धक विपिन शर्माले हस्ताक्षर गरेका छन् ।
बैंकका ग्राहकहरूले हस्पिटलको रुम चार्ज, प्रिभेन्टीभ हेल्थ चेकअप प्याकेज, एटेन्डेन्स हेल्थ चेकअप सेवाहरूमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्ने बैंकले जानकारी दिएको छ । यसैगरी आउट प्यासेन्ट इन्भेस्टिगेसनमा पाँच प्रतिशत छुट सुविधा उपलब्ध रहेको छ । साथै कम्प्लिमेन्टरी रजिस्टे«सन फि, एक्सीस टु इन्टरनेसनल प्यासेन्ट लाउञ्ज,जस्ता सुविधाहरूसमेत उपलब्ध हुनेछन् । यसैगरी, काठमाडौँ स्थित अपोलो इन्फर्मेसन सेन्टरमार्फत अपोइन्टमेन्ट लिने बैंकका ग्राहकहरूलाई नयाँ दिल्लीको एयरपोर्टबाट होटल÷हस्पिटलसम्मको लागि यातायातको थप सुविधासमेत उपलब्ध हुनेछ ।
उक्त सुविधाको उपयोग गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको सहकार्यले बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा सहुलियत हुने बैंकले विश्वास लिएको छ ।