काबुल । अफगानिस्तानको नङ्गरहार, पक्तिका र खोस्त प्रान्तका सात स्थानमा पाकिस्तानले हवाई गरेको जनाइएको छ । आक्रमणमा ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको जियो न्यूजले इस्लामाबादको सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।
पछिल्लो आत्मघाती आक्रमणको प्रतिक्रियामा पाकिस्तानले पनि यस क्षेत्रमा धेरै आक्रमण गरेको जनाइएको छ । लक्षित स्थानहरूमा नङ्गरहार, खोस्तमा ख्वारीजी मौलवी अब्बास सेन्टर, नङ्गरहारमा ख्वारीजी इस्लाम सेन्टर र ख्वारीजी इब्राहिम सेन्टर र पक्तिकामा ख्वारीजी मुल्लाह रहबर र ख्वारीजी मुखलिस यार रहेको जनाइएको छ ।
यस अघि पाकिस्तानका आन्तरिक राज्यमन्त्री तलाल चौधरीले सीमापार कारबाहीमा करिब ७० जना आतंककारीलाई नि–सस्त्र बनाएको बताउनु भएको थियो । प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तान, यसका सम्बद्धहरू र इस्लामिक स्टेट–खोरासन प्रान्त (दाइश–खोरासन)का लागि पाकिस्तानी अधिकारीहरूले प्रयोग गर्ने शब्द फितना अल–खवारीजसँग सम्बन्धित शिविरहरूलाई लक्षित गरी आक्रमण गरिएको सरकारले जनाएको छ ।
जियो न्यूज कार्यक्रम ‘जियो पाकिस्तान’सँग कुरा गर्दै चौधरीले अफगानिस्तान सीमापार आतंकवादको स्रोत बनेको आरोप लगाएका छन् । उनले पाकिस्तानले आफ्ना नागरिकहरूको सुरक्षाका लागि आवश्यक उपायहरू अपनाइरहेको र करिब ७० हजार गुप्तचर–आधारित अपरेसनहरू घरेलु रूपमा सञ्चालन गरिएको उल्लेख गर्नु भएको छ जसको परिणामस्वरूप धेरैलाई पक्राउ गरिएको थियो । पाकिस्तानको सूचना र प्रसारण मन्त्रालयले आक्रमणलाई ‘सटीक र सही’ भन्दै इस्लामाबाद, बाजौर र बन्नुमा हालैका आत्मघाती बम विस्फोटहरूको प्रतिशोधात्मक प्रतिक्रिया भनेको छ । इस्लामावादले अफगानिस्तानको मिले–मत्तोमा आधारित आक्रमणहरू आयोजना गरिएको र टीटीपी र दाइश तत्वहरूसँग जोडिएको दाबी गरेको छ । उक्त आक्रमणले पक्तिका प्रान्तको बरमल क्षेत्र, नङ्गरहार प्रान्तको खोग्यानी जिल्ला, साथै घानी खेल, बेहसुद र अर्गुन क्षेत्रका ठाउँहरूलाई लक्षित गरेको बताइएको छ । चौधरीले सन् २०२० को दोहा सम्झौताको उल्लेख गर्दै अफगान तालिबानले अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग गर्न नदिने वाचा गरेको बताएका छन् । उनले काबुलको अन्तरिम प्रशासन आतंकवादी गतिविधि रोक्न असफल भएको आरोप समेत लगाएका छन् । पाकिस्तानले आफ्नो सुरक्षा चिन्तालाई सम्बोधन गर्न कूटनीतिक र सैन्य स्तरका प्रयासहरू गरेको र राजनीतिक दलहरूलाई आतंकवादविरुद्ध एकजुट हुन आग्रह गरेको उनले बताए ।
पाकिस्तानको खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा हिंसामा वृद्धि भएपछि पछिल्लो आक्रमण भएको जनाइएको छ । विशेषगरी २०२१मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएपछि हालैका वर्षहरूमा इस्लामाबाद र काबुलबीच तनाव बढेको जनाइएको छ । सन् २०२५ अक्टोबरमा, पाकिस्तानी सेना र अफगान तालिबान लडाकुहरू बिचको सीमा झडपका कारण दुवै पक्षको ठूलो क्षति भएको बताइएको छ । रासस/एएनआई