काठमाडौं । मेटलाइफ नेपालले आफ्ना ग्राहकहरूलाई फर्टिलिटी तथा इन–भिट्रो फर्टिलाइजेसन (आईवीएफ)सम्बन्धी सेवामा विशेष छुट प्रदान गर्ने उद्देश्यले वात्सल्य नेचुरल आईवीएफ प्रालिसँग नयाँ सहकार्यको घोषणा गरेको छ । वान बाइ मेटलाइफ एपमा उपलब्ध डिजिटल लाइफ कार्डमार्फत अब बीमित ग्राहकहरू तथा उनका नजिकका परिवारका सदस्यहरूले नेपालकै एक प्रतिष्ठित फर्टिलिटी सेवा प्रदायकमा विशेष दरमा सेवा लिन सक्नेछन् ।
विश्वसनीय र किफायती उपचारमा पहुँच हुनु फर्टिलिटी उपचारको यात्रामा रहेका परिवारहरूका लागि महत्वपूर्ण हुन्छ । नेपालमा अझै पनि धेरै व्यक्तिहरू लागत, सामाजिक संकोच वा पर्याप्त जानकारीको अभावका कारण फर्टिलिटी स्वास्थ्यसम्बन्धी सहयोग लिन हिच्किचाउने अवस्था छ । वात्सल्य नेचुरल आईवीएफ सँगको यस सहकार्यले यस्ता केही अवरोधहरू कम गर्न सहयोग पुर्याउँदै ग्राहकहरूलाई विशेषज्ञ सेवातर्फ सुरक्षित र भरपर्दाे पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ ।
मेटलाइफको डिजिटल लाइफ कार्डले ग्राहकहरूलाई सहज र सरल अनुभव सुनिश्चित गर्छ । वान बाइ मेटलाइफमा रेजिस्टर गरेपछि डिजिटल कार्डधारकहरूले वात्सल्य नेचुरल आईवीएफका क्लिनिकहरूमा कार्ड देखाइ विशेष छुट प्राप्त गर्न सक्नेछन् । यसअन्तर्गत प्रमुख डायग्नोस्टिक परीक्षणहरूमा १५ प्रतिशत छुट, पूर्ण आईवीएफ प्याकेजमा २० हजार रुपैयाँसम्मको स्थिर छुट, तथा अन्य फर्टिलिटी स्वास्थ्य जाँच र परामर्श सेवाहरूमा १५ प्रतिशतसम्म छुट समावेश छन् । यी सुविधाहरूले फर्टिलिटी स्वास्थ्य सेवा थप किफायती र पहुँचयोग्य बनाउन सहयोग पुर्याउँछन् । यो सरल र व्यवहारिक पहलले ग्राहकहरूलाई गोपनीयता, सहजता र आत्मविश्वासका साथ स्वास्थ्य सेवा उपयोग गर्न सशक्त बनाउँछ ।
यस सहकार्यमार्फत मेटलाइफ नेपाल र वात्सल्य नेचुरल आईवीएफले परिवारहरूको जीवनका महत्वपूर्ण तथा कहिलेकाहीँ चुनौतीपूर्ण क्षणहरूमा साथ दिने साझा प्रतिबद्धता दोहोर्याएका छन् । मेटलाइफको ग्राहक–केन्द्रित दृष्टिकोण र वात्सल्यको फर्टिलिटी उपचारसम्बन्धी विशेषज्ञतालाई एकसाथ ल्याउँदै यो सहकार्यले पेरेंतहुडको यात्रा तय गरिरहेका व्यक्तिहरूलाई आशा र भरोसा प्रदान गर्नेछ ।