काठमाडौं । सामसङले आफ्नो आगामी ग्यालेक्सी स्मार्टफोनको आधिकारिक लन्चभन्दा अघि नै ग्राहकहरूका लागि आकर्षक ‘ह्यान्ड राईजर’ (प्रि–रिजर्भ) अफर सार्वजनिक गरेको छ ।
यस अफरमार्फत ग्राहकहरूले नयाँ ग्यालेक्सी स्मार्टफोनको अग्रीम बुकिङ गर्दै अधिकतम २० हजार नौ सय ९९ रुपैयाँसम्मका विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार ग्राहकहरूले आफ्नो योग्य पुरानो स्मार्टफोन साटेर नयाँ डिभाइस प्रि–रिजर्भ गर्न सक्नेछन् । प्रि–रिजर्भ गर्ने ग्राहकहरूले १५ हजार रुपैयाँ बराबरको १ टिबीसम्मको मेमोरी अपग्रेड, करिब छ हजार रुपैयाँबराबरको ६० वाट फास्ट चार्जरका लाभ उठाउन सक्नेछन् । यो एक्सचेन्ज सुविधा ग्यालेक्सी एस२३, एस२४ तथा एस२५ मा रहेको छ । यो अफर २३ फेब्रुअरीदेखि २६ फेब्रुअरी २०२६ सम्म मात्र मान्य हुने जनाइएको छ । यस अवधिमा ग्राहकहरूले दर्ता गरी, आफ्नो योग्य डिभाइस एक्सचेन्ज र नयाँ एआई पावर्ड स्मार्टफोन स्मार्ट मूल्यमा प्रि–रिजर्भ गर्न सक्नेछन् ।