काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी समूहको दुई लाख ४२ हजार छ सय ४८ कित्ता सेयर बिक्रीमा राखेको हो ।
कम्पनीका अनुसार बिक्रीमा राखिएको यो सेयर हाललाई कम्पनीका संस्थापक सेयरधनीहरूले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन् । निवेदन काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिने छ । यसका लागि ३५ दिनको समय रहेको छ । तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री खुला गरिने कम्पनीले जानकारी दिएको छ ।