काठमाडौं । गरिमा सुवर्ण योजनाको इकाई बिक्री खुला हुने भएको छ । गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्धक र गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक र बिक्री प्रबन्धक रहेको गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने गरिमा सुवर्ण योजनाको इकाई फागुन २८ गतेदेखि बिक्रीमा आउने भएको हो । यस योजनाअन्तर्गत प्रति इकाई १० रुपैयाँका दरले कुल १० करोड इकाई बिक्रीमा आउने छ ।
जसमध्ये ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल र ९० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई सुरक्षित गरी प्रथम पटकका लागि तीन करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गर्न लागिएको हो । यसमा आवेदन दिँदा न्यूनतम एक सय इकाईको लागि र अधिकतममा ५० लाख इकाईसम्म माग गर्न सकिने छ । निष्कासन बन्द छिटोमा चैत २ गते र ढिलोमा चैत १२ गते हुनेछ । यो एक खुलामुखी योजना हो ।