काठमाडौं । शेयर बजारको उकालो यात्राले साताको अन्तिम कारोबार दिन बिहिबार पनि निरन्तता पाएको छ । अघिल्लो तीन कार्यदिन लगातार उकालो लागेको शेयर बजार परिसुचक नेप्से आज पनि छ दशमलव शुन्य तीन अंकले उकालो लागेर २६ सय ५४ दशमलव ९३ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९३ अंकले उकालो लागेर चार सय ५६ दशमलव ५१ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ३५ वटा कम्पनीहरुको ४४ हजार दुई सय चार पटकको कारोबारमा एक करोड ५३ हजार एक सय ४५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब १७ करोड ४६ लाख ३० हजार पाँच सय १५ रुपैंयाँ २८ पैसा कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, अन्य र व्यापार उपसमुहको सुचक पनि उकालो लागेका छन् ।