काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको साधारण सेयरको बाँठफाँट कार्य सम्पन्न गरेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले बिहीबार विहान बाँडफाँट कार्य सम्पन्न गरेको हो ।
कम्पनीको साधारण सेयरमा एक लाख १८ हजार २६ जनाले १० कित्ताका दरले ११ लाख ८० हजार दुई सय ६० कित्ता सेयर हात पारेका छन् । कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले मंसिर २२ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो । कम्पनीले गोरखा र लमजुङमा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०८० माघदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।