काठमाडौं । नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा योगदान दिँदै आएका उद्यमी विज्ञान श्रेष्ठ विशिष्ट वाणिज्य पुरस्कारबाट सम्मानित भएका छन् ।
चौथो विराट म्युजिक एन्ड फिल्म अवाड्र्स कार्यक्रममा आईटी उद्यमी श्रेष्ठलाई सम्मान प्रदान गरिएको हो । नेपालको डिजिटल अर्थतन्त्र विकास र आईटी निर्यात प्रवद्र्धनमा गरेको उल्लेखनीय योगदानको कदर स्वरुप उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले श्रेष्ठलाई सम्मान गरेका थिए । आईटी उद्यमी श्रेष्ठले नेपालबाट सफ्टवेयर निर्यात तथा प्रविधि सेवा क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । उनले डिजिटल इन्नोवेसनमार्फत विदेशी आम्दानी वृद्धि गर्न तथा नेपाली आइर्टी उद्यमको क्षेत्रलाई व्यावसायिक बनाउन योगदान पु¥याएका छन् । श्रेष्ठले डिजिटल नेपाललाई सक्षम बनाउने आफ्नो लक्ष्यमा थप हौसला मिलेको बताए । सफ्टेड गु्रपका अध्यक्ष समेत रहेको श्रेष्ठले आईटी पेशागत सीप र रोजगारी सिर्जनालाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिए ।