काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफा खुम्चिएको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ३८ करोड नौ लाख ५५ हजार आठ सय ८३ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा निकै नै कम हो । गत आवको सोही अवधिमा संस्थाले ५१ करोड ७७ लाख ५५ हजार चार सय सात रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको हाल चुक्ता पुँजी चार अर्ब ९२ करोड ७१ लाख ७० हजार ७९ रुपैयाँ रहेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासमा चार अर्ब ७६ करोड १८ लाख ६५ हजार नौ सय १५ रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब १६ करोड ५४ लाख ९६ हजार आठ सय ५७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ६५ करोड ४३ लाख ३५ हजार ११ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार प्र्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
संस्थाले गत आवको सोही अवधिमा चार अर्ब चार करोड आठ लाख ५९ हजार चार सय ४४ रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ३० करोड १४ लाख ४७ हजार आठ सय २७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९६ करोड ८१ लाख ५१ हजार तीन सय ३४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।