जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार विस्फोटमा मिथिला–८ जमुनिवासकी १५ वर्षीया आशा भुजेल र ८ वर्षीय सुशील माझी घाइते भएका हुन्। घाइते दुवै बालबालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार विस्फोट गराइएको वस्तु के थियो भन्नेबारे अझै खुलेको छैन। घटनास्थलमा सुरक्षा सतर्कता बढाइएको छ भने उक्त विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ। यसैबीच, महोत्तरी जिल्लामा पनि शंकास्पद वस्तु फेला परेको छ। धनुषा–महोत्तरी सीमामा पर्ने रातो नदीको पुलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको महोत्तरी प्रहरीले जनाएको छ।घटनापछि दुवै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीले सर्वसाधारणलाई शंकास्पद वस्तु देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरेको छ।