काठमाडौँ । निर्वाचन आयोगले सवारीपासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिहरू ओसारपसार नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरी भनेको छ, ‘निर्वाचनको समयमा सवारी आवागमन सहजीकरणका गर्ने प्रयोजनका लागि सवारी पास आवश्यक नपर्ने गरी आवश्यक व्यवस्था मिलाउन यसपूर्व गरिएका सिफारिसहरू र यो सिफारिसबमोजिम सवारी पास आवश्यक नपर्ने गरी छुट पाएका सवारीसाधनले सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिहरू ओसारपसार नगर्नुहुन सम्बन्धित सबैलाई अनुरोध छ ।’