काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उच्च वृद्धि देखिएको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १७ करोड २६ लाख २९ हजार दुई सय ४७ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा निकै बढी हो । गत आवको सोही अवधिमा संस्थाले आठ करोड सात लाख २० हजार चार सय ८० रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको हाल चुक्ता पुँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासमा १६ अर्ब ६४ करोड छ लाख ४७ हजार नौ सय २५ रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ९५ करोड ७५ लाख ४८ हजार नौ सय ५४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ९५ करोड सात लाख ७५ हजार पाँच सय १२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा ११ दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले १५ अर्ब ८५ करोड ९६ लाख ६४ हजार चार सय ८३ रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ६६ करोड २२ लाख ९१ हजार दुई सय ९९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८० करोड १६ लाख तीन हजार सात सय ८३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा आठ दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।