काठमाडौँ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले हाम्रो प्रणालीलाई अझ सुदृढ बनाएको बताएका छन् । आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन पश्चात सामाजिक सञ्जाल मार्फत् जारी सन्देशमा उहाँले शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न निर्वाचन सम्पन्न गर्न सफल भएकामा सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दलहरू, नागरिक समाज एवं सम्पूर्ण मतदाताप्रति आज सामाजिक सञ्जाल (फेसबुक) मार्फत धन्यवाद व्यक्त गर्दै सो कुरा बताएका हन् ।
उहाँले भन्नुभएको छ, “एउटा जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा भएको प्रतिनिधिसभाको निर्वाचन तमाम आशङ्का चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ ।” आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबैपक्ष मिलेर अघि बढ्ने उनको विश्वास छ । रासस