काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पूर्वी रुकुम–१ मा मतगणना जारी रहँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायम गरेका छन्।हालसम्मको मत परिणामअनुसार दाहालले १ हजार ४१५ मत प्राप्त गरेका छन्। नेकपा (एमाले)का उम्मेदवार लीलामणि गौतम ४३१ मतसहित दोस्रो स्थानमा रहेका छन्। त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ४१७ मत प्राप्त गरेकी छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लखनकुमार थापाले १७६ मत पाएका छन्। उक्त क्षेत्रमा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।