काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १९ करोड १२ लाख ३५ हजार चार सय २२ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा निकै बढी हो । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ८८ लाख ५२ हजार पाँच सय १५ रुपैयाँ रहेको थियो ।
संस्थाको हाल चुक्ता पुँजी एक अर्ब १९ करोड ५९ लाख ५३ हजार सात सय १० रुपैयाँ रहेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासमा १० अर्ब ७३ करोड ६९ लाख ७६ हजार नौ सय ३४ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ६७ करोड आठ लाख २२ हजार पाँच सय ९८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ७१ करोड ९३ लाख ३८ हजार एक सय ९७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा आठ दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले नौ अर्ब ४४ करोड १४ लाख २४ हजार दुई सय ८३ रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १३ करोड ७८ लाख ६२ हजार दुई सय ९८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४६ करोड ६० लाख ९२ हजार एक सय आठ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ३५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।