काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ११ करोड ९७ लाख ३८ हजार एक सय ४० रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा दुई करोड रुपैयाँ ले कम हो । गत आवको सोही अवधिमा संस्थाले १३ करोड ६० लाख २० हजार तीन सय १८ रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको हाल चुक्ता पुँजी दुई अर्ब ७४ करोड २६ लाख ८३ हजार सात सय ३८ रुपैयाँ रहेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासमा २१ अर्ब ७८ करोड ३७ लाख १६ हजार छ सय १४ रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ६५ करोड २२ लाख ९१ हजार ६२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ९१ करोड ३७ लाख छ हजार सात सय ४६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १४ दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले २० अर्ब ८२ करोड ८० लाख ३३ हजार छ सय ३५ रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ३८ करोड ४२ लाख ८२ हजार सात सय ५७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८१ करोड ३० लाख ८२ हजार तीन सय ४१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।