काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड ३८ लाख १५ हजार दुई सय २९ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा दुई करोड रुपैयाँ ले बढी हो । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ७५ लाख ९१ हजार तीन सय ४९ रुपैयाँ रहेको थियो ।
संस्थाको हाल चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार एक सय रुपैयाँ रहेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासमा दुई अर्ब ७३ करोड ८५ लाख २९ हजार पाँच सय छ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८९ करोड ७४ लाख १८ हजार आठ सय ८० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २२ करोड ५६ लाख २९ हजार आठ सय ४५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १३ दशमलव शून्य चार प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले दुई अर्ब ६० करोड ६० लाख १४ हजार चार सय ४८ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६५ करोड ५९ लाख ७५ हजार दुई सय ७८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १९ करोड ७२ लाख ३० हजार नौ सय ९३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा आठ दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।