काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था खुद नोक्सानीमा देखिएको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ६७ लाख ३४५ हजार चार सय ७६ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा संस्थाले सात करोड चार लाख ५५ हजार नौ सय चार रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको हाल चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार तीन सय ५९ रुपैयाँ रहेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासमा दुई अर्ब १८ करोड ६८ लाख ४० हजार छ सय ११ रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब एक करोड ८६ लाख छ हजार ४९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २१ करोड ९२ लाख ९१ हजार चार सय ४४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १९ दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले दुई अर्ब सात करोड ८१ लाख ६५ हजार पाँच सय २० रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ५९ करोड ५४ लाख २९ हजार पाँच सय २७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २७ करोड ४२ लाख ९१ हजार पाँच सय २७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा आठ दशमलव ३५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।