काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले प्रतिनिधि सभा निर्वाचनको बिदाको दिन बिहीबार बीमा सेवा उपलब्ध गराएको छ । कम्पनीले निर्वाचनका लागि फागुन २० गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदाका दिन पनि बीमा सेवा उपलब्ध गराएको हो ।
कम्पनीले बिदाको दिन पनि सेवा उपलब्ध गराउने बारेमा यसअघि नै जानकारी गराएको थियो । बुधबार कम्पनीले सुचना जारी गर्दै बिदाको दिन पनि आफना सेवा उपलब्ध गराउने बताएको थियो सोहि अनुरुप बिहीबार पनि सेवा उपलब्ध गराएको कम्पनीले जनाएको छ । शुक्रबार पनि बीमा सेवा सम्बन्धी अत्यावश्यक कार्य संचालन हुने कम्पनीले बताएको छ ।
यसअघि कम्पनीले निर्वाचनका लागि फागुन २० गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदाका दिन पनि बीमा सेवा सम्बन्धी अत्यावश्यक कार्य संचालन हुने जानकारी दिएको थियो । कम्पनीले यस अवधिमा सेवा लिन चाहने ग्राहकहरूका लागि आफ्नो सम्पर्क अधिकारीहरूको विवरण सार्वजनिक गरेको छ। केन्द्रिय कार्यालयका अधिकारीहरू जोखिमांकन, बजार व्यवस्थापन र दाबी विभागमा सम्पर्कका लागि उपलब्ध रहने समेत जानकारी दिएको छ ।