जनकपुर,धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ४३ हजार ९८८ मत प्राप्त गरी निर्वाचित भएका हुन। मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार सो क्षेत्रमा नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १६ हजार ६५२ मत र नेकपा (एमाले) का जुलिकुमारी महतोले नौ हजार ७८६ मत प्राप्त गरेका छन् । रासस