हाम्रो (नेपाल) राजा वीरेन्द्र वंशको विभत्स हत्या भएजस्तै इरानका सर्वोच्च नेता (सत्ताप्रमुख) अयातुल्ला अलि खामेनीको पत्नी, छोरी, बुहारी, नाति नातिनासहित ४० जना बढी सैनिक अधिकारीको अमेरिका (राष्ट्रपति ट्रम्प) ले एकै चिहान बनाएपछि रुस, चीन, भारत उत्तेजित भएर तेश्रो विश्वयुद्ध हुने चर्चा एकपटक फेरि विश्वव्यापी भएको छ । युक्रेन युद्धमा अमेरिका–रुस आमने सामने भएका वखत पनि तेश्रो विश्वयुद्धको चर्चा चुलिएको थियो । हाम्रा राजा वीरेन्द्र वंश हत्यामा अमेरिका (सीआईए)संगसंगै बढी जिम्मेवार भारत (रअ) थियो भने अलिखामेनी वंश हत्यामा अमेरिका एक्लो जिम्मेवार छ । रुस, चीन, इरानका पक्षमा खुलेरै शस्त्र भिडाउन तमतयार देखिन्छन् भने भारत अहिलेसम्म अस्त्र (वार्ता कुटनीति) बाट मात्र इरानका पक्षमा देखिएको छ । आजको विश्वशक्ति सन्तुलनमा अमेरिका, चीन, भारत, रुस युद्धरत अवस्थामा भेटिए पनि त्यो स्वतः तेश्रो विश्वयुद्ध ठान्नुपर्छ ।
युक्रेन युद्धका बखत उठेको तेश्रो विश्वयुद्धको चर्चामा मैले बोलेको लेखेको थिएँ कि– ‘ग्रेटर नेपाल‘ (सुगौली सन्धीले गुमेको भूमि) को राजधानीका सडकमा नारा जुलुस उधुम प्रदर्शन गरेर चीनसँग दक्षिणाको सम्बन्ध विकसित गर्न खोज्ने जमात भारतीय दुतावास ‘रअ‘ द्वारा परिचालित देश भडुँवा भातेहरू हुन् । मेरो यस्तो बोल्नु लेख्नुको मुलकारण के थियो भने– ‘जबसम्म तेश्रो विश्वयुद्ध भएर एउटा नयाँ उथल पुथल आउँदैन तबसम्म सुगौली सन्धीले गुमेको भूमी (ग्रेटर नेपाल) फिर्ता हुने कुनै सम्भावनाको त कुरै छोडिदिउँ, कल्पना गर्न पनि सम्भव छैन । नेपाली सेनाले एक्लै भारतीय सेनासँग लडेर जित्ने कुरा असम्भव । ‘ग्रेटर नेपाल‘ त्यतिखेर त्यतिखेर सडकमा उफे्रको भेटिन्छ, जतिखेर नेपालको मौजुद सीमा लिपुलेक, लिम्पियाधुरा, कालापानी अतिक्रमण गरेजस्तै अन्य तमाम सीमा क्षेत्रमा दह्रा नङ्ग्रा कोतर्नु हुन्छ । यस्ता अतिक्रमणलाई ओझेलमा पारेर आम नेपाली जागरणको ध्यान अन्यत्र अलमलाउन ‘ग्रेटर नेपाल‘को उफ्राइ हुने गरेको सजिलै बुझ्न सकिन्थ्यो ।‘
हो साच्चै नै तेश्रो विश्वयुद्ध भयो नै भनेचाहिं त्यस हालतमा कतिपय पूराना मुलुक सकिने नयाँ मुलुक जन्मिने सम्भावना हुँदा त्यस चपेटामा सुगौली सन्धीले गुमेको भूमि फिर्ता पाउने सम्भावना रहन्छ । साथसाथै नेपालको तराइभाग भारतमा पहाडी भाग चीनमा गाभिने सम्भावना पनि हुन्छ । यसैकारण नै ‘विश्वयुद्ध‘ भनिने गरिएको हो ।
दोश्रो विश्वयुद्धमा आफूद्वारा आविष्कार ‘अणुवम‘ले हिरोसिमा नागासाकी जापान खरानी भएको देखेर २०औं शताब्दीका विज्ञानका पिता कहलिएका अलवर्ट आइन्स्टाइनले भनेका थिएः– ‘तेश्रो विश्वयुद्ध हुन्छ हुन्न त्यो भन्न सक्दिन, तर चौथो विश्वयुद्ध चाहिं किटेर भन्न सक्छु हुन्न‘ । आइन्स्टाइनको यस कथनको तात्पर्य थियो कि तेश्रो विश्वयुद्ध भयो भने यति धेरै विनास महाक्षति र प्रलय हुन्छ कि चौथो विश्वयुद्धका लागि कुनै ठाउँ जोगिएको हुन्न । आइन्स्टाइनको यस तात्पर्यबाट के छर्लङ्ग हुन्छ भने, यदि तेश्रो विश्वयुद्ध साच्चै भयो नै भने त्यो मानवजातिका लागि धेरै ठूलो कष्टर असैह्य वेदनायुक्त हुने पक्का छ । तर जब कलियुग र सत्ययुग त अनेक पटक दोहोरिएका छन् भने समयले माग्यो र खोज्यो भने तेश्रो विश्वयुद्ध मात्र किन चौथो पाँचौ पनि हुँदै जाने नै छन् । यस प्रश्नमा मेरो आइन्स्टाइन ठहर र भाष्यसँग विमति छ । जस्ता प्रकारले इरान आक्रमणमा अमेरिकाका विरुद्ध रुस, चीन, भारत शस्त्रवालसहित एकठाउँमा उभिएका छन् भने एक प्रकारले विश्व मानवजाति तेश्रो विश्वयुद्ध झेलिरहेका ठान्दा पनि हु्न्छ । अलिकति फरक कति मात्र भने कतिखेर ‘सस्त्रवल‘ लडिरहेको हुन्छ भने कतिखेर ‘अस्त्रवल‘ टकराइरहेको हुन्छ । अहिले ‘अस्त्रवल‘ टकराइरहेकामा शस्त्रवल भिड्न थालेका तेश्रो विश्वयुद्ध परिणाम उन्मुख हुनथालेको एक एकेडेमिक दूरदर्शी आँकलन गर्न सकिन्छ ।
यहाँनेरी प्रथम विश्वयुद्ध र दोश्रो विश्वयुद्धकै तेश्रो विश्वयुद्ध पनि एक नियंत्रीत निरन्तरता ठानियो भने त्यो ठूलो भ्रम र भूल हुनेछ । प्रथम र दोश्रो विश्वयुद्ध एउटै शक्ति पुँजीवादी शोषण दमन अत्याचारभित्रको विश्वलुटतन्त्रमा तँलाई यति मलाई यति भागवण्डामा सन्तुलन बिग्रदा उठेको आपसी मारकाट महाभारत थियो । नयाँ जन्मेको इजराइल भन्ने देश दोश्रो विश्वयुद्धको भागवण्डाकै एउटा उपज थियो हामीकहाँ शेरे, ओली, प्रचण्डले राष्ट्रपति, सर्वोच्च अदालत, अख्तियार, प्रमुख संवैधानिक जागिरहरूमा भागवण्डा गरेजस्तै इजराइल अमेरिकाको भागमा परेको मात्र हो । त्यसैकारण प्रथम–दोश्रो विश्वयुद्धले भूमि (पृथ्वी)को रक्षा सम्बर्धन गोडमेल र विश्वका ८० प्रतिशत भन्दा बढी मनुष्यजातिका लागि कुनै हित र उन्नतिको भविष्य देखाउन सकेन । बाटो देखाउन सकेन । बेलायति उपनिवेशवादले दुईसय वर्ष बढी एसिया र अफ्रिकाका देशहरूमा लादेको उपनिवेशवादको ठाउँ दोश्रो विश्वयुद्धपछि प्रजातन्त्र, लोकतन्त्र, मानवअधिकार, लेख्ने बोल्ने स्वतन्त्रताका नाममा अक्षरस अमेरिका नियन्त्रित बहुराष्ट्रिय कम्पनी (३० खर्ब बढी वैदेशिक ऋणबाट नेपाल पूरै बन्दक)ले लियो । यस बहुराष्ट्रिय कम्पनीको राज्यसत्ता क्याप्चर, अस्थीरता, अशान्ती, शोषन, दमन, अत्याचार लुटतन्त्रका सबै सीमा नाघेपछि (जस्तो हामीकहाँ देउवा, ओली, प्रचण्ड नाङ्गिए) तेश्रो विश्वयुद्धको घण्टी बज्न थाल्नु समयको माग समयले खोजेको जस्तो हुन पुगेको हो ।
बहुराष्ट्रिय कम्पनीको जाँतोमा दुनीयाँका ८० प्रतिशत जनतालाई घुनझैं पिसेर २० प्रतिशत धनीमानी सत्ताधारी वर्गले जुन शोषण, दमन, लुट अत्याचार र राक्षसी प्रवृत्ति मच्चाए र मच्चाइरहेका छन् । त्यस हद पारको नेपाली भाषामा आङ सिरिङ हुने विवरण पाठ्यक्रम ल्याउन त भरत दाहाल जस्ता आदि इत्यादि विद्वानजनहरू कोसिस गरिरहेकै छन् । त्यतातिर धेरै जान यस्ता स्तम्भ लेखनमा सम्भव हुन्न । दुनीयाका ८० प्रतिशत (नेपालका पनि त्यही हिसाव) शोषित, पिडित, थिचिएका पिसिएका आम मतदाता स्तरको चेतना राख्ने आम जनसमुदायले पनि बुझ्न र बुझाउन छर्लङ्ग हुने एउटा काण्ड (स्क्यान्डल) उदाहरण प्रमाणका रुपमा यहाँ पाठ्यक्रममा ल्याउँछु । जुन उदाहरणबाट बहुराष्ट्रिय कम्पनीको सोच, समझ, नियतको विकृत कुरुप अन्तर्य अनुहार छर्लङ्ग हुन्छ ।
प्रतिक उदाहरण जेफ्री एपस्टिन नाम गरेका एक शिक्षक रहेछन् । उनले बहुराष्ट्रिय कम्पनीमार्फत विश्व लुटेर धन र सत्ताको उन्माद राक्षसी प्रवृत्तिमा रमाइरहेको वर्गको नाडी छामे त त्यहाँ पतन र विनासको नर्क मुख आँ गरिरहेको पाए । समुद्री एक टापुमा आफ्नै नाममा हजारौं रोपनी जग्गा भाडामा लिएर एउटा भव्य चारतारे पाँचतारे होइन हजारौं तारे रिसोर्ट खडा गरे । त्यसलाई यस्तो नर्कशाला बनाए कि कलियुग पनि सयका सय प्रतिशत लज्जित । उनी आफ्नै हवाइजहाजबाट दुनीयाभरि घुमेर १३ वर्षदेखि १७ वर्ष उमेर बीचका राम्री राम्री केटी किनेर, झुक्याएर, अपहरण गरेर आफ्नो रिसोर्ट ‘एपस्टिन टापु‘मा जम्मा गर्थ्ये । उनको मुख्य धन्धा दुनयाँभरिका धनाढ्य उद्योगपति व्यापारी सत्ताप्रमुख आदि इत्यादिलाई अर्बौं चार्ज लिएर कौमार्य पस्कनु । उनको यो धन्धा सातौं आसमान चम्किरहेको थियो कि आखिर पत्रकार (नारदमुनी) को आँखा परिहाल्यो । परिणाम अहिले त्यसको दुई लाख पृष्ठको (यो पनि एकचौथाइ मात्र भनिएको छ) दस्तावेज रिपोर्ट अडिओ भिडिओ प्रमाण विश्वव्यापी हात–हातका मोबाइलमा छ्यापछ्याप्ती पुगिरहेको छ । त्यस्ता कौमार्य भङ्ग गर्नेहरूमा अमेरिकाका पूर्व राष्ट्रपति विलक्लिन्टन, वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतका ठूला उद्योगपति व्यापारी धराना अम्बानी खानदानदेखि दुनीयाभरिका हजारौं खर्बपतिका चेहरा मुकुण्डो उत्रिदा संसारभरिको नवजागरण चकित स्तब्ध भएको छ । कलियुग पनि शतप्रतिशत लज्जित हुने सन्दर्भ कतिसम्म राक्षसीपन भेटियो भने त्यसरी कौमार्य भङ्ग बलात्कारबाट गर्भ रहेका शिशुको कलिलो मासु परिकार बनाएर ड्रिङ्कको लागि स्न्याक पस्किने गरिन्थ्यो । भनेपछि आधुनिक मनुष्यजातिको इतिहासमा यो भन्दा बढी पतन र नर्कको अर्को उदाहरण के हुनसक्छ ? सक्दैन ।
जस्ता प्रकारले हामीकहाँ २३/२४ भदौ २०८२ को जेन–जी विद्रोहले गणतन्त्रका मातापिता पालनहार बनेका ओली, देउवा, प्रचण्ड ढलेपछि लादिएको ०७२ को संविधान १२ वर्षदेखि अस्पतालको लासगृहमा सडीरहेको अनसनकारी नन्दप्रसाद अधिकारीको लासमा रुपान्तरण भएको छ त्यस्तै प्रकारले दुइलाख पृष्ठको ‘एपस्टिन फाइल‘को खुलासाले अमेरिकी नियन्त्रित बहुराष्ट्रिय कम्पनी (पश्चिमी सभ्यता)को सबै पतन र नर्क छर्लङ्ग भएको छ ।
तसर्थ तेश्रो विश्वयुद्ध भयो भने त्यो रुस, अमेरिका, चीन, भारतका हतियार भिड्ने मात्र होइन । विश्वका ८० प्रतिशत बढी मनुष्यजाति (प्रकृतिलाई समेत)लाई थिचेर, मिचेर, लुटेर २० प्रतिशत भन्दा थोरै धनाढ्य सत्ताधारी जमातले मोजमस्ती भोगविलासको सम्राज्य खडा गरेको पुँजीवादी सभ्यतालाई नै ध्वस्त गर्ने, फेरि शस्त्रवलको मारकाट आवश्यक नपर्ने नवमानव मूल्य नयाँ सम्यताको जग हाल्ने तर्फ तेश्रो विश्वयुद्ध लक्षित हुनेछ । यो म किन किटेर भनिरहेको छु भने प्रथम द्वितीय विश्वयुद्ध भएको समयको आम जनजागरण (८० प्रतिशत) आजको मितिमा आइपुग्दासम्म धेरै माथि उठिसकेको छ । अबको विश्व लडेर होइन मिलेर देशहरू एक आपसमा सहयोगी भएर प्रकृतिसँग हातेमालो गरेर अगाडि बढ्नु पर्छ भन्ने नवजागरण आम जनजागरणमा विजारोपण भइसकेको छ । तेश्रो विश्वयुद्धले नयाँ सभ्यताको ढोका खुल्ने निश्चित छ ।
तेश्रो विश्वयुद्धको चर्चामा नेपालको हालत अत्यन्तै लाजमर्दो विश्वसामु टाउको उठाएर उभिन नसकिने कांग्रेस, एमाले, माओवादीका हर्कत सातपुस्तासम्म देश, जनता र प्रणालीलाई पिरोलीरहने खालको छ । ‘एपस्टिन फाइल‘बाट बहुराष्ट्रिय कम्पनीको पतन र नर्क छर्लङ भएजस्तै युक्रेन युद्धको रुस अमेरिका भिडन्तमा भारत चीन रुसको पक्षमा रहँदारहँदै पनि नेपाल जेलेस्की (अमेरिका)को पक्षमा उभिनु राजनीति कुटनीतिक हिसाबले यो भन्दा अर्को घाँसखाने बुद्धि के हुनसक्छ ? अस्तु ।