काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको खुद नाफा सामान्यरुपमा बढेको छ । संस्थाले चालु आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा पाँच करोड ८४ लाख ९९ हजार चार सय ३५ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाले नाफा चार करोड २१ लाख ५५ हजार एक सय ८६ रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको हाल चुक्ता पुँजी ४४ करोड ८४ लाख ६१ हजार पाँच सय ३५ रुपैयाँ रहेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासमा एक अर्ब ७९ करोड २१ लाख २५ हजार आठ सय ६८ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ९२ करोड ८१ लाख ६९ हजार नौ सय ६७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २१ करोड ७६ लाख ७० हजार सात सय ७४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा ११ दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
संस्थाले गत आवको सोही अवधिमा एक अर्ब ६६ करोड २५ लाख २० हजार दुई सय १९ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ७५ करोड ४५ लाख ८४ हजार चार सय ८८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड आठ लाख १० हजार सात सय ६५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।