काठमाडौं । ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा १० करोड ५९ लाख पाँच हजार छ सय सात रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ११ करोड ८३ लाख ३९ हजार नौ सय ३१ रुपैयाँ रहेको थियो ।
संस्थाको हाल चुक्ता पुँजी ६४ करोड ८२ लाख ९७ हजार सात सय ९७ रुपैयाँ रहेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासमा तीन अर्ब ८५ करोड ३९ लाख ९० हजार आठ सय १५ रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब २९ करोड ९८ लाख ३४ हजार नौ सय ४३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४८ करोड ७६ लाख ९१ हजार एक सय १३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा आठ दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
संस्थाले गत आवको सोही अवधिमा तीन अर्ब ६१ करोड पाँच लाख ८८ हजार छ सय १२ रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ६७ करोड ७२ लाख ३४ हजार ११ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३५ करोड सात लाख ४८ हजार एक सय नौ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव १० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।