काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । संस्थाले चालु आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा ५७ करोड ६० लाख ९६ हजार पाँच सय एक रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ५१ करोड १८ लाख ३८ हजार नौ सय ८६ रुपैयाँ रहेको थियो ।
संस्थाको हाल चुक्ता पुँजी तीन अर्ब ६१ करोड ७२ लाख ६४ हजार एक सय एक रुपैयाँ रहेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासमा ४२ अर्ब ८३ करोड ८१ लाख नौ हजार एक सय नौ रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ८५ करोड ८१ लाख ५१ हाजार आठ सय ९५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ४५ करोड ९९ लाख ५१ हजार ३९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
संस्थाले गत आवको सोही अवधिमा ३६ अर्ब ३४ करोड २४ लाख २१ हजार छ सय २३ रुपैयाँ निक्षेप संकलन गरी ३७ अर्ब ८२ करोड १२ लाख ५६ हजार सात सय ५४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ३५ करोड ८७ लाख २५ हजार दुई सय ९२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।