काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा ४४ करोड रुपैयाँ भन्दा बढी खुद नाफा कमाएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासमा ४४ करोड २९ लाख एक हजार छ सय ४२ रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा गत आवको सोही अवधिको तुलनामा २० करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा संस्थाले २४ करोड ५६ लाख ५२ हजार एक सय ४३ रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको हाल चुक्ता पुँजी एक अर्ब ८६ करोड ८२ लाख ८५ हजार छ सय ९५ रुपैयाँ रहेको छ । संस्थाले चालु आवको पछिल्लो छ महिनाको अवधिमा ११ अर्ब ९३ करोड सात लाख एक हजार नौ सय १५ रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ४५ करोड २९ लाख ९२ हजार सात सय ८७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब छ करोड १० लाख २५ हजार पाँच सय ८९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा आठ दशमलव ४३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
संस्थाले गत आवको सोही अवधिमा ११ अर्ब एक करोड ६४ लाख १५ हजार एक सय ९४ रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब १७ करोड ४२ लाख ३४ हजार दुई सय १२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९९ करोड ४६ लाख ४७ हजार ३७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थानमा छ दशमलव शुन्य नौ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।