काठमाडौं । कुल सक्रिय जीवन बीमा लेखको संख्या एक करोड १५ लाख १३ हजार तीन सय ७७ पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिना अर्थात् माघ मसान्तसम्ममा उक्त संख्यामा सक्रिय जीवन बीमालेखको संख्या कायम रहँदा कुल बीमाशुल्क आर्जन रकम एक खर्ब ११ अर्ब पाँच करोड ७८ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।
कुल सक्रिय जीवन बीमालेखमध्ये राष्ट्रिय जीवन बीमा कम्पनीमा चालू आवको माघ मसान्तसम्ममा पाँच लाख ८५ हजार आठ सय नौ कुल सक्रिय जीवन लेखको संख्या पुग्दा कुल बीमाशुल्क आर्जन रकम सात अर्ब ६१ करोड १६ लाख नौ हजार रुपैयाँ पुगेको छ । यस अवसिधमा नेसनल लाइफ इन्स्योरेन्समा कुल सक्रिय जीवन बीमालेखको संख्या १३ लाख ३२ हजार एक सय पुग्दा कुल बीमाशुल्क आर्जन रकम १३ अर्ब ३१ करोड ११ लाख ७३ हजार रुपैयाँ पुगेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा पनि चालू आवको माघ मसान्तसम्ममा १७ लाख ९७ हजार तीन सय ६४ सक्रिय जीवन बीमालेखको संख्या पुग्दा कुल बीमाशुल्क आर्जन रकम २९ अर्ब ५९ करोड ६६ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडलमा पनि चालू आवको माघ मसान्तसम्ममा कुल सक्रिय जीवन बीमालेखको संख्या छ लाख ९३ हजार दुई सय ६४ पुग्दा कुल बीमाशुल्क आर्जन रकम १२ अर्ब तीन करोड ८५ लाख २६ हजार रुपैयाँ पुगेको छ । मेटलाइफ इन्स्योरेन्स कम्पनीमा पनि पछिल्लो अवधिमा कुल सक्रिय जीवन बीमालेखको संख्या सात लाख नौ हजार पाँच सय २३ पुग्दा कुल बीमाशुल्क आर्जन रकम तीन अर्ब ७१ करोड नौ लाख ६५ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा एसियन लाइफमा कुल सक्रिय जीवन बीमालेखको संख्या पाँच लाख ७१ हजार पाँच सय ३५ पुग्दा कुल बीमाशुल्क आर्जन रकम पाँच अर्ब ५६ करोड २५ लाख ५८ हजार रुपैयाँ पुगेको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा भने पछिल्लो अवधिमा कुल सक्रिय जीवन बीमालेखको संख्या पाँच लाख ८० हजार आठ सय दुई पुग्दा कुल बीमाशुल्क आर्जन रकम तीन अर्ब ८६ करोड ७८ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।
प्राधिकरणका अनुसार सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा पनि पछिल्लो अवधिमा तीन लाख चार हजार ३१ वटा कुल सक्रिय जीवन बीमालेखको संख्या पुग्दा कुल बीमाशुल्क आर्जन रकम दुई अर्ब ४९ करोड ७५ लाख ३६ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा रिलायवल नेपाल लाइफमा २४ लाख ३२ हजार सात सय १२ वटा कुल सक्रिय जीवन बीमालेख रहेकोमा कुल बीमाशुल्क आर्जन रकम तीन अर्ब ४८ करोड ८८ लाख ७१ हजार रुपैयाँ पुगेको छ । सिटिजन लाइफमा पनि कुल सक्रिय जीवन बीमालेखको संख्या सात लाख ५२ हजार तीन सय ७२ रहेकोमा कुल बीमाशुल्क आर्जन रकम चार अर्ब ७३ करोड ९९ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।
सूर्यज्योति लाइफमा पछिल्लो अवधिमा छ लाख ३३ हजार एक सय ५० वटा कुल सक्रिय जीवन बीमालेखको संख्या कायम रहँदा कुल बीमाशुल्क आर्जन रकम छ अर्ब ६६ करोड १७ लाख ९७ हजार रुपैयाँ पुगेको छ । सानिमा लाइफमा पनि पछिल्लो समय कुल सक्रिय जीवन बीमालेखको संख्या चार लाख ४३ हजार नौ सय ९४ पुग्दा कुल बीमाशुल्क आर्जन रकम चार अर्ब २७ करोड ८० लाख रुपैयाँ पुगेको छ । हिमालयन लाइफमा पनि पछिल्लो अवधिमा चार लाख १९ हजार चार सय ७८ कुल सक्रिय जीवन बीमालेखको संख्या पुग्दा कुल बीमाशुल्क आर्जन रकम १० अर्ब ४३ करोड ६९ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा पनि चालू आवको पछिल्लो सात महिनाको अवधिमा दुई लाख ५६ हजार नौ सय ५३ वटा कुल सक्रिय जीवन बीमालेखको संख्या पुग्दा कुल बीमाशुल्क आर्जन रकम तीन अर्ब २५ करोड ५२ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।