काठमाडौं । गुडविल फाइनान्स कम्पनी लिमिटेडले ३१औँ वार्षिक साधारणसभाको आहृवान गरेको छ । कम्पनीको यही फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले सभा आगामी चैत १० गते काठमाडौँको हात्तिसारमा रहेको गुडविल कम्प्लेक्समा वार्षिक साधारणसभा गर्न लागेको हो ।
सेयरधनीहरूलाई भने कुनै लाभांश प्रस्ताव गरेको छैन । सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गर्ने छ । साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत दुई गते एक दिनका लागि बुक क्लोज गर्ने फाइनान्सले जानकारी दिएको छ ।