काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
संस्थाका अनुसार घोषित लाभांश मध्येमा नौ दशमलव पाँच प्रतिशत बोनस सेयर रहेको छ भने शून्य दशमलव पाँच प्रतिशत सोको कर प्रयोजनार्थ नगद लाभांश रहेको छ । संस्थाको यही फागुन १५ गते शुक्रबार गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण सम्बन्धी सञ्चालक समितीको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।