काठमाडौं । सिर्जजशील लघुवित्त वित्तीय सस्थाले झण्डै तीन करोड रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । संस्थाले चालु आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा दुई करोड ८४ हजार चार सय ५० रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । संस्थाले गत आवको सोही अवधिमा भने एक करोड ८७ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको हाल चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ । संस्थाले पछिल्लो छ महिनाको अवधिमा ८९ करोड ७७ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ६९ करोड ७० लाख ४१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ६८ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १४ दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
संस्थाले गत आवको सोही अवधिमा ८४ करोड ६९ लाख दुई हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ६९ करोड ९३ लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ९५ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।