काठमाडौँ । स्थानीय बजारमा सोमबारको तुलनामा आज मंगलबार सुनचाँदीकोे मूल्य बढेको छ । मंगलबार सुन तोलामा तीन हजार ८०० र चाँदी प्रतितोला ३१० ले बढेको हो ।

छापावाल सुनको मुल्य मंगलबार प्रतितोला तीन लाख १७ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सोमबार एक तोला सुन तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ४१० मा कारोबार भएको थियो ।