काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले पछिल्लो छ महिनाको अवधिमा झण्डै १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ११ करोड ७१ लाख ४२ हजार एक सय ३३ रुपैयाँ खुद नाफा कमाएको हो । संस्थाले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा निकै बढी हो । संस्थाले गत आवको सोही अवधिमा तीन करोड ७५ लाख २४ हजार चार सय ५५ रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको हाल चुक्ता पुँजी एक अर्ब १० करोड ६२ लाख ८६ हजार दुई सय ९६ रुपैयाँ रहेको छ । संस्थाले चालु आवको पछिल्लो छ महिनामा छ अर्ब तीन करोड २३ लाख ८७ हजार सात सय ३८ रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ९९ करोड ५६ लाख ३६ हजार नौ सय ५१ रुपैयाँ कर्जा लगानी गरेका छन् । यस अवधिमा ४३ करोड तीन लाख ८० हजार दुई सय ३४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १२ दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
संस्थाले गत आवको सोही अवधिमा भने पाँच अर्ब ५२ करोड ७१ लाख ८६ हजार सात सय २२ रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ८२ करोड ६३ लाख ३१ हजार पाँच सय ४२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३० करोड ३९ लाख ६२ हजार छ सय ३५ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।