काठमाडौं । दुईवटा कम्पनीहरूको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का अनुसार दुईवटा कम्पनीको कुल ४७ लाख ८० हजार तीन सय ६४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सूचीकृत सेयरमध्येमा हिमालयन लघुवित्त वित्तिय संस्था लिमिटेडको छ दशमलव ६५ प्रतिशतका दरले हुन आउने कुल दुई लाख १२ हजार छ सय ७९ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने घोराही सिमेन्ट्सको लिमिटेडको १० प्रतिशतका दरले हुन आउने ४५ लाख ६७ हजार छ सय ८५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । सूचीकरण संगै यी दुवै कम्पनीहरूको सेयर अब दोस्रो बजारमा कारोबारको लागि खुल्ला हुने नेप्सेले जानकारी दिएको छ ।