काठमाडौँ । नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १३ वटा फर्ममाथि अनुमगन गरेको छ । विभागले अनुमगनको क्रममा कैफियत देखिएपछि दुई वटा फर्मलाई जरिवाना गरेको हो ।
विभागले पञ्चकन्या त्रिदेव डेरी पसल नयाँ बानेश्वरलाई १० हजार र सिन्धु फलफूल तथा फ्रेस सेन्टर मध्यपुर थिमीलाई २० हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम ती दुई फर्ममाथि जरिवाना गरिएको हो ।
विभागले स्थानीय सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा नियमित रुपमा बजार अनुमगन गर्दै आएको छ । थप ११ वटा फर्मलाई भने विभागले सुधारात्मक निर्देशन दिएको छ ।