काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले चार करोड रुपैयाँको हाराहारीमा खुद नाफा आर्जन गरेको देखिएको छ । संस्थाले चालु आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा चार करोड ४७ लाख ४२ हजार सात सय ३३ रुपैयाँ खुद नाफा कमाएको देखिएको छ । जुन गत आवको सोहि अवधिको तुलनामा नाफा दुई करोड रुपैयाँले बढी हो । गत आवको छ महिनामा संस्थाले दुई करोड ६० लाख ६३ हजार नौ सय ११ रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको हाल चुक्ता पुँजी ३४ करोड १० लाख ८६ हजार ३६ रुपैयाँ रहेको छ । संस्थाले चालु आवको पछिल्लो छ महिनाको अवधिमा एक अर्ब १७ करोड ९९ लाख ३६ हजार पाँच सय २२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ९९ करोड ९५ लाख २६ हजार चार सय दुई रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १९ करोड ७७ लाख दुई हजार ५३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा आठ दशमलव ५८ प्रतिशत कर्जा निष्क्रिय अर्थात् खराब देखिएको छ ।
संस्थाले गत आवको सोही अवधिमा एक अर्ब १० करोड ४७ लाख ५० हजार नौ सय तीन रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८९ करोड ५६ लाख ९६ हजार पाँच सय चार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १५ करोड ३३ लाख एक हजार आठ सय ८१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय अर्थात् खराब देखिएको थियो ।