काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सरकारको लागि छ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ । कार्यालयलले बोलकबोलमार्फत पाँच वर्षका लागि छ अर्ब आन्तरिक ऋण उठाउन लागेको हो ।
विकास ऋणपत्र २०८७ नाम दिइएको उक्त ऋणपत्रमा मंगलबार बोलकबोल गर्न सकिने छ भने बुधबार निष्कासन गरिने छ ।
कार्यालयका अनुसार ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेस गर्न सक्नेछन् ।
ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइने छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुने कार्यालयले जनाएको छ । बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने छ । उक्त ब्याजदर र त्यसभन्दा तलका सबै बोलवालाहरूलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध उक्त कार्यालयले जानकारी दिएको छ ।