काठमाडौं । भारतमा लगातार १० वर्षदेखि नम्बर १ बिक्री हुने १२५ सीसी स्कुटर सुजुकी एक्सेस १२५ नेपालमा सार्वजानिक गर्ने तयारी गरिएको छ । कम्पनीका अनुसार एक्सेस १२५ को केही युनिट हालै नेपाल आइपुगेको र चाँडै बजारमा सार्वजनिक गर्न लागिएको हो ।
यो स्कुटर आफ्नो विश्वसनीयता, स्मूथ इन्जिन र उत्कृष्ट माइलेजका कारण भारतमा निकै लोकप्रिय मानिन्छ । यसमा प्रयोग भएको १२४ सीसी इन्जिनले राम्रो पावर र इन्धन दक्षता दुवै प्रदान गर्ने जनाईएको छ । आरामदायी सिट, हल्का डिजाइन, सहज ह्यान्डलिङ र ठूलो अन्डर–सिट स्टोरेजजस्ता विशेषताले पनि यो स्कुटरलाई ग्राहकहरूबीच लोकप्रिय बनाएको छ । यसले विभिन्न अवार्ड समेत जित्न सफल भएको छ । नेपालमा यसको कहिले सार्वजानिक गर्ने आधिकारिक घोषणा भने अझै भएको छैन ।